जी गौतम
जम्माजम्मी ७५.२ वर्गकिलोमिटर क्षेत्रफलको भुभाग ओगटेको यो गाउपालिका जिल्लाकै दुर्गम गाउपालिका भनेर चिनिन्छ । पैले देखिनै जिल्लावाट हेलाको दृष्टिकोणले हेरिदै आएको यो ठाउलाइ राजनितीक पार्टीहरुले भोटब्यांकको रुपमा मात्र प्रयोग गरिरहेका छन । सदरमुकामबाट कोषौ टाढा पर्ने भएकोले अत्यावश्यकिय प्रशाशनिक कामबाहेक जिल्लासंग खासै सामिप्यता पनि छैन
भर्खरै बजेट भाषण पनि सकिएको छ । बरेङ गाउपालिकामा मात्र प्रत्यक वार्षिक रुपमा सालाखाला २५-३० लाखको बजेट आउछ । के त्यो पैसा पुर्ण रुपमा विकास निर्माण लगाएत अन्य प्रशासनिक काममा खर्च भैरहेको छ त ? घुस खानु मात्र भ्रष्टाचार होइन , आएको बजेट समयमै खर्च गर्न नसक्नु असार मसान्त लाग्दै गर्दा फ्रिज गराउनु भन्दा हतार हतार सक्न खोज्नु र ठेकेदारलाइ चलखेल गर्न सजिलो गराइदिनु पनि नितीगत भ्रष्टाचार हो । हिउदभरी माखा धपाउदै वस्ने अनि बर्खायाम सुरु हुनै लाग्दा हतार हतार डोजर प्रयोग गर्ने र बाटो खन्ने काम कुनै कोणबाट हेर्दा पनि राम्रो देखिदैन । वनाएका बाटोघाटो बर्षातले बिगार्ने र बीढी पहिरो अनि भुक्षयको जोखिम हुने यस्तो काम हामी किन गरिरहेका छौ ? यो विषयमा हामी कसैले संवन्धित निकायलाइ एक चोटी मात्रै भएपनि प्रश्न गरेका छौ ? बजेट हाम्रो लागी आएको हो ।जनप्रतिनीधीहरुको लागी होइन । अनि आफ्नै लागी आएको बजेट पारदर्षी रुपले खर्च भएको छ छैन भनेर सोधखोज गर्ने जागर पनि हामीसंग छैन । तपाइहरु मान्नुस नमान्नुस बार्षिक रुपमा आउने त्यो रकम सानो रकम हुदै होइन । यो रकमवाट पनि पालिकाको मुहार फेर्नेगरी काम गर्न सकिन्छ । त्यसको लागी केही चाहिदैन । चाहिन्छ त केवल दृढ इच्छाशक्ति र दुरगामी सोच ।
संसारका अरु देशहरु धेरै अगाडी बढीसके । युरोप अमेरीकाभन्दा हामी अझै सालाखाला १०० वर्ष पछाडी छौ यस्तो अवस्थामा गाउपालिकाले द्रुत रुपमा विकास निर्माणका कामहरु अगाडी वढाउनु पर्छ । कछुवाको गतीमा घ्रिसेर अव काम छैन खरायोलाइ उछिन्ने साहास लिएर अगाडी बड्नुको विकल्प छैन । गाउपालिकाले सम्वन्धित निकायमा समन्वय गरेर केन्द्र र प्रदेश को वजेट र योजनाहरु भित्र्याउन पहल गर्नैपर्छ तर हाम्रो गाउपालिकामा हुन सकेको छैन । यसका लागी के हाम्रो गाउपालिकाका जनप्रतिनीधीहरु संवम्धित निकायमा समन्वय गर्नै नसक्ने हुन त ? या तिनीहरुमा यसो गर्ने तागत र ल्याकत छैन ? प्रश्न सोचनिय छ ।