राम प्रघट कोरी
जेष्ठ १५ –विजयनगर
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कपिलवस्तुको विजयनगर गाउँपालिकाको आइसोलेशन सेन्टर जिल्लामै सबैभन्दा व्यवस्थित रहेको बताउनु भएको छ । विहिवार गाउँपालिकाको वडा नं. ७ परसोहियामा रहेको आर्युवेदिक अस्पतालमा सञ्चालित आइसोलेशन सेन्टरको अनुगमन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।
सरकारले बनाएको मापदण्ड अनुसार नै आइसोलेशन सेन्टर निमार्ण गरी व्यवस्थित ढङ्गले सञ्चालनमा रहेको मन्त्री बरालले बताउनुभयो । उहाँले सल्लाहसुझावका साथै आइसोलेशन सेन्टरलाई थप व्यवस्थापनका लागि निरन्तारता दिँदै प्रदेशबाट हुने सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
यसरी जिल्लामै विजयनगर गाउँपालिकाकाले उत्कृष्ट आइसोलेशन सेन्टर सञ्चालन गरेको भन्दै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा लगायत सम्पूर्णलाई धन्यवाद दिनुभयोे ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, डब्लु.एच.ओका प्रतिनिधि, सहितको टोलीले जिल्लाको विभिन्न पालिकाको आइसोलेशन सेन्टर अनुगमनको क्रममा विजयनगरमा आएको थियो ।