अर्जुन पौडेल
कोरोना भाइरस (कोभिड १९) महामारीका बीचमा सरकारले आगामी आर्थिक वर्षको बजेट १५ गते (बिहीबार) ल्याउँदै छ । कुन क्षेत्रमा कति बजेट आउला भन्नेमा सबैको चासो छ । सुसंस्कृत समाज निर्माणको आधार शिक्षा हो । अहिलेको महामारीले शिक्षा क्षेत्र प्रभावित भएको छ । पठनपाठन रोकिएको छ ।
राज्यले शिक्षालाई पब्लिक रूपमा लिएन । तिमीहरू नै चलाऊ, तिमीहरू नै खाऊ भन्ने भयो । यसले प्रतिफल दिएको छैन । प्रतिफलका लागि राज्यको उपस्थिति हुनुपर्छ । विद्यालय र विश्वविद्यालयमा सरकारले लगानी गर्नुपर्छ । लगानी नगर्ने अनि कसरी शिक्षाको गुणस्तर राम्रो हुन्छ ? गुणस्तर राम्रो भएन पनि भन्ने, लगानी पनि नगर्ने दोहोरो चरित्र देखिएको छ ।
सरकारले सहायता बढाउनुपर्छ
त्रिभुवन विश्वविद्यालय पब्लिक हो । सरकारले सहायता बढाउँदै लैजानुपर्ने हो । विडम्बनना घटाउँदै लगेको छ । जसले गर्दा विश्वविद्यालयको सामाजिक चरित्र गुम्दै गएको छ ।
समाजवादी शिक्षा खोइ ?
यता समाजवादीको झण्डा बोकेर हिँड्ने ।’ अनि शिक्षाप्रतिको दृष्टिकोण भने अर्कै ।’ समाजवादी शिक्षा भनेको के हो ? खोइ समाजवादी शिक्षा ? जनतालाई दिने भनेको शिक्षा र स्वास्थ्य हो । अरु त जनताले कमाएर खान्छन् ।”
शिक्षाले आर्थिक गतिविधिमा मात्र योगदान पुर्याउने होइन ।’ कस्तो समाज बनाउने ? अबको २५ वर्षपछि कस्तो देश बनाउने ? कस्तो नागरिक बनाउने ? त्यसका लागि हो शिक्षा ।”
‘थिंकट्यांक’लाई स्वायत्तता दिइनुपर्छ
धनी र गरिबको विद्यालय एउटै हुनुपर्छ ।’
सिङ्गापुरमा ८९ प्रतिशत, क्यानडामा ९३ प्रतिशत विद्यार्थी पब्लिक विद्यालय, विश्वविद्यालयमा पढ्छन् ।’ तर, हाम्रोमा सामुदायिक विद्यालयको अवस्था दयनीय छ ।’ शिक्षकको तलब दिएर मात्र पुग्छ ? समयसापेक्ष शिक्षा खोइ ? विद्यार्थी प्राइभेटमा जान थाले । यसले धनी र गरिबको खाडल खनेको छ ।”
त्यसैले धनी पनि गरिब पढ्ने एउटै सार्वजनिक विद्यालय बनाउनुपर्छ ।’ समाजका सबै केटाकेटी पढ्ने विद्यालय, विश्वविद्यालय एउटै हुनुपर्छ ।’ किन राज्यले यो कुरा नबुझेको ?
शिक्षा प्रणालीमा सुधार
अहिले कोरोना महामारीले तत्काल शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने देखिएको छ ।’ राम्रा र महँगा स्कुलले अनलाइनबाट पढाइरहेका छन् । तर, गरिब बालबालिका टोलाइरहेका छन् ।’ उनीहरूलाई केही पनि छैन । त्यसैले हरेक क्षेत्रमा बलियो सामुदायिक विद्यालय बनाउनुपर्छ ।’ सामुदायिक विद्यालय राम्रो भए प्राइभेटमा पढ्न को जान्छ ?
महामारी आज मात्र होइन, भोलिका दिनमा पनि आउन सक्छ ।’ त्यसैले ढिलोचाँडो अनलाइन शिक्षामा जोड दिइनुपर्छ । धनीको वाइफाइ र कम्प्युटर होला ।’ तर अनलाइन भनेर गरिबले कसरी पढ्न सक्छन् ? यो पनि सोच्नुपर्छ । कम्प्युटर किन्नका लागि सरकारले लोन दिनुपर्छ ।”
इन्टरनेट नभएको ठाउँमा सामाजिक दूरी कायमा गरेर पढाउनुपर्छ ।’ यदि एउटा कक्षामा ५० जना विद्यार्थी भए समूह विभाजन गर्ने । एउटामा १५–२० जना राखेर पढाउन सकिन्छ ।’ यदि कुनै पनि विकल्प भएन भने सबै विद्यार्थीको घरघरमा गएर भए पनि उनीहरूलाई पढ्ने सामग्री उपलब्ध गराउनुपर्छ । कोही पनि केटाकेटीलाई पछाडि पार्नु हुँदैन ।”
मेडिकल कलेज र अस्पताल शहरभन्दा बाहिर
मेडिकल कलेजको प्राइभेटले चलाएको छ ।’ सरकारले चलाउनुपर्ने हो ।’ प्रदेश प्रदेशमा मेडिकल कलेज अस्पताल खोल्नुपर्छ, काठमाडौं, पोखरा चितवनमा मात्र होइन ।’ त्यसैले शिक्षा र स्वास्थ्यमा सरकारको उपस्थिति हुनुपर्छ र सबैले समान शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्छ ।”
शिक्षा स्वास्थ्यमा २० प्रतिशत लगानी
समान शिक्षा र स्वास्थ्य सेवा राम्रो बनाउन सरकारले बजेट बढाउनुपर्छ । अन्य देशमा २० प्रतिशत शिक्षामा लगानी गरेको हुन्छ ।’ अनुसन्धानका लागि मोटो रकम खर्च राज्यले गरेको हुन्छ ।’ कुल बजेटको बल्लतल्ल १० प्रतिशछ छुट्याएको हुन्छ ।’ अब यसलाई बढाएर कम्तीमा २० प्रतिशत पुर्याउनु पर्छ ।”
अर्जुन पौडेल रुपन्देहीका युवा नेताको रुपमा परिचित छन ।’ उनी अहिलेको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबाट सक्रिय रुपमा राजनीतिमा गर्छन ।”