२०८१ फाल्गुन १३, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं : नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार बिहान नयाँ संक्रमित थपिएसँगै कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४८७ पुगेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व),चितवन,नवलपरासी, कपिलवस्तु र सर्लाही जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ३० जना नयाँ संक्रमित थपिएको जानकारी दिए।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाबाट हालसम्म ३ जनाको मृत्यु भएको छ |

 

फेसबुक प्रतिक्रियाहरु