२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

जेठ ३ गते को’रोना भा’इरसले नेपालमा पहिलोपटक एक सुत्केरी महिलाको मृ’त्यु भएको पुष्टि भयो । त्यो खबर तीव्र रुपले फैलियो । सामाजिक सञ्जालहरुमा ती महिलाको फोटो धमाधम सेयर हुन थाल्यो । यसरी तस्बिर सार्वजनिक गर्नेको आलो’चना पनि निकै भयो । त्यसको भोलिपल्ट बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा रहेका एक २५ वर्षीय युवकको पनि को’रोनाले मृ’त्यु भएपछि देशैभर चि’न्ता बढ्यो ।

गाउँपालिकाको मटैया–५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका युवकको तस्बिर पनि महिलाकै जसरी एकैछिनमा सामाजिक सञ्जालमा सार्वजनिक हुन थाल्यो । को’रोनाले म’रेको २५ वर्षीय केटा यही हो भनेको लेखेको थियो । त्यसपछि म त छक्क परें । कसले त्यसो गर्‍यो मलाई थाहा छैन,’ उनले भने, तस्बिरमा युवाको नाकमा सेतो कपास घुसाइएको देखिन्छ । तस्बिर सेयर गर्दै हार्दिक श्रदा’ञ्जली लेख्नेहरुलाई भ्याई–नभ्याई थियो ।

अ’चानक जेठ ५ गते सामाजिक सञ्जालमा एक युवकको पोस्टले त्यो तस्बिर सेयर गर्नेहरुलाई झ’स्कायो । ‘को’रोना भाइ’रसबाट मृ’त्यु हुने २५ वर्षीय युवक म होइन । मलाई कसैले फ’साएको हो । सु’तिरहेको मान्छेको फोटो खिचेर ग्रुपमा हालेछ । मलाई थाहा छैन’ आइतवीर लिम्बूको फेसबुकबाट यो पोस्ट अन्जली अधिकारी ˆयान क्लबमा सार्वजनिक हुनासाथ सबैको ध्यान तानिएको हो ।

आइतवीर लिम्बूले आफ्नो तस्बिर यसरी प्रयोग भएको देख्ना सुरुमा झ’ट्का लागेको बताए । ‘हिजो फेसबुक खोलेर हेर्दै थिएँ । अचानक फेसबुकमा मेरो फोटो आयो । मेरो फोटो यहाँ कसरी आयो भनेर हेर्दा, को’रोनाले म’रेको २५ वर्षीय केटा यही हो भनेको लेखेको थियो । त्यसपछि म त छक्क परें । कसले त्यसो गर्‍यो मलाई थाहा छैन,’ उनले भने, ‘पछि मैले म यो मान्छे होइन । म म’रेको छैन भनेर फेसबुकमा अपलोड गरें ।

२२ वर्षका आइतवीर काठमाडौं कोटेश्वरमा बस्छन् । तीन महिनाअघि मात्रै ताप्लेजुङबाट विदेश जान काठमाडौं आएका थिए । उनी काठमाडौं आएको केही दिनमै कोरो’नाको महामा’री फैलिन थाल्यो । त्यसपछि काठमाडौंमा रहेका तीनजना साथीसँग बस्दै आएका छन् ।

यस घ’टनाबारे गाउँमा भएका आमाबुवा, दाई र भाइसम्म बेखबर छन् । ‘गाउँमा त नेट पनि छैन । फेसबुक नै चल्दैन । परिवारले यसबारे थाहा पाउनु भएन,’ उनले सुनाए ।आफ्नो तस्बिर दु’रुपयोग कसले गर्‍यो त ? आइतवीरको अनुमानमा कसैको अनुहार आउँदैन । आफूसँगै बस्दै आएका साथीहरुले यस्तो नगरेको तर्क गर्छन् उनी । उनी भन्छन्, ‘मेरै साथीहरुले त किन यस्तो गर्थे र । कोही अरु नै हुनुपर्छ ।’

कानूनी उपचारमा जानेबारे सोध्दा उनको जवाफ थियो, ‘के गर्नु अब गर्नेले गरिसके । अब के गर्ने र ! म यहाँ नयाँ पनि छु ।’ रीना मोक्तानले कान्तिपुरमा खबर लेखेकी छिन् ।

फेसबुक प्रतिक्रियाहरु