२०८१ मंसिर ७, शुक्रबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

शान्तिराज राई

जेठ ५ काठमाडौ  सघींय प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारले नेपाली सेनालाई बोर्डरमा खटाउनुपर्ने बताएका छन् ।’
सांसद सुनुवारले संचारकर्मिहरुसङ्ग कुरा गर्दै यो कुरा बताएका हुन् ।’ सुनुवारले भने “देशको भौगोलिकता, जनसंख्या हेरेर सानो ठूलो हुदैन । नेपाल आफै सार्बभौमसत्ता सम्पन्न र एउटा स्वतन्त्र देश हो ।’ त्यसैले नेपालको एक इन्च जग्गा नि कसैले मिचेको स्विकार्य हुने छैन ।’ बैज्ञानिक ढंगले सिमा विवाद टुंगोमा पुराएर सिमनामा काडेतार अथवा पर्खाल लगाएर सिमा सुरक्षाको लागि नेपाली सेना खटाउनु पर्ने जोड दिए ।”

सुनुवारले भने ओखलढुंगेलि जनता र नेपालि जनताको रक्षाको लागि आफुले हरतरह दिनहुुँ खटिरहेको छु ।’ म दैनिक बिचल्लीमा परेकाहरुको उद्दार र खाना नपाएकाहरुलाई खाद्यान्नको व्यवस्था गरिरहेको छु ।’ तर म फोटो खिचाएर कसैको बाध्यताको मजाक बनाउन चाहन्न अरुले पनि नबनाओस ।”
नेपाल भित्र मात्रै हैन बिदेशमा फसेका नेपालीहरुको उद्दार सहित उनिहरुले त्यहा सिकेको सिपलाई नेपालमा प्रयोग गर्न बारम्बार आवज उठाउदै आएको छु ।”

ओखलढुंगाको हकमा काङ्ग्रेसले दशकौंदेखि गर्न नसकेको विकासहरु मैले मेरो कार्यकालमा गरेको छु ।’ र सिङ्गो नेकपा ओखलढुंगाको विकासमा होमिएको छ ।’ त्यही विकास देख्न नसकेर केही व्याक्तिहरु मेरो व्याक्तिगत चरित्र हत्यामा निरन्तर लागिरहेकोछन ।” तर मलाई केही फरक पर्दैन ओखलढुङ्गेली जनता मेरो विकाशको साक्षी छन ।’ मेरो कामलाई माया गरेरनै ओखलढुंगेलि जनताहरुले मलाई बारम्बार निर्वाचित गर्दै आएका छन ।”

म राजनीतिमा कमाउन आएको हैन ।’ एउटा विशुद्ध समाजसेवाको रुपमा लिएर राजनीतिमा होमिएको हो ।’ त्यसैले केही दलालहरुलाई छट्पटी हुनसक्छ ।”

को हुन् यज्ञराज सुनुवार ?

आमा मनमाया सुनुवार र बुबा मानबहादुर सुनुवारका कान्छा छोराका रुपमा यज्ञराजको जन्म वि.स.२०२९ साल कात्तिक ३ गते ओखलढुङ्गाको श्रीचौर २ लिस्पुमा भएको हो ।’ उनले राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।”

सुनुवारले २०४५ सालदेखि अनेरस्ववियुबाट राजनीति सुरु गरेका थिए ।’ उनी २०४६ सालमा भएको जनआन्दोलनताका संयुक्त बाम मोर्चा, ओखलढुङ्गाको ईलाका सचिव रहेर काम गरेका थिए ।’ २०५३ सालमा रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंमा स्ववियू सभापति रहेका सुनुवार २०५७ सालमा महेन्द्र रत्न कलेज, तहचलको पनि स्ववियू सभापति भए ।’  २०५७ सालदेखि २०६० सालसम्म त्रिवि परिषदको सभाषद रहेका सुनुवार २०५८ देखि २०६० सालसम्म स्ववियू काउन्सिलको पनि संयोजक पनि भए । २०६१ माघ १९ मा काठमाडौंमा तत्कालिन राजा ज्ञानेन्द्रको कदमको बिरोध गर्दा पक्राउ परेका सुनुवार २०६२ साल बैशाखमा रिहा भए ।”

उनी हाल नेकपाका, केन्द्रिय कमिटी सदस्य छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ बाट चुनाव लडेका सुनुवार पराजित भएका थिए । यस क्षेत्रमा तत्कालिन नेकपा माओवादीका उम्मेद्वार विजयी भएका थिए ।’ नेकपा एमाले तेश्रो भएको थियो ।’ त्यसपछि संविधानसभा निर्वाचन २०७० मा निर्वाचन क्षेत्र ओखलढुङ्गा १, बाट १२९४३ मत प्राप्त गरी विजयी भएका सुनुवार संविधान सभामा खेलेको भुमिकाले चर्चामा थिए ।”

हेर्नुस् भिडियो 

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।