लक्ष्मण गौतम
भारतमा कोरोना संक्रमित १ लाखको हाराहारीमा पुगी सके र परिक्षण नभएका अर्को २ लाख संक्रमित होलान तर आज पनि नेपाली तरकारी बारीमै कुहाएर गाडीका गाडी भारतिय तरकारी नेपाल भित्रिन्छ । तेस्तै खाध्यान्न लगायत बिभिन्न समान गाडीका गाडी नेपाल भित्रिन्छन । दैनिक नेपाल भित्रिएका हजारौ नागरिकलाई क्वारेन्टाईका नाउमा खुला चौरमा सुताउदा क्वारेन्टाईनबाट भाग्ने सँख्यामा बृद्दी हुँदै छ । तेस्तै नेपालमा किटको अभाव हुँदा ( सरकारले किनेकै छैन अहिले भएका किटहरु लगभग सबै अनुदानमै आएको हो ) । परिक्षण नै हुन सकेको छैन । मान्छे मरे पछि बल्ल परिक्षण गरिन्छ ।
अस्ती सम्म कोरोना नै नभएको ब्राजिल अहिले WHO ले भने बमोजिम नै कोरोनाको ईपी सेन्टर भएको छ । WHO ले अब जुन जुलाईमा भारत कोरोनाको ईपी सेन्टर भनेको छ । यसरी सिमा नियन्त्रण गर्न नसक्दा र कमिसनको खेलमा भारतिय तरकारी नरोक्दा भारत सँगै अब नेपाल पनि कोरोनाको ईपी सेन्टर बन्ने देखिन्छ ।
लिपुलेकमा बाटो सरकारकै सहमतीमा बनेको हो र भारतकै सल्लाहमा निती तथा कार्यक्रममा नक्साको कुरा राखिएको हो । अब यसो नक्सा पनि छापिएला तर लिपुलेक फिर्ता आउँदैन किनकी यो सब काम जनताको आँखामा छारो हाल्न गरिएको हो । तेही बाटोलाई आधार मानेर भारत र चिन बिच सय मिलिएन डलरको ब्यापारिक सम्झौता भएको छ तसर्थ हाम्रा नेता बिकी सकेका छन ,लिपुलेक बेची सकेका छन ।
यो कोरोना कहरमा उघोगीलाई राहत चाहिएको छ , जनतालाई राहत चाहिएको छ ,देशलाई किट र परिक्षण चाहिएको छ । देशको आवस्यकता एका तिर छ सरकारको निती तथा कार्यक्रम र नियत अर्को तिर छ । आजका दिनमा कुनै पनि नेपालीलाई पानी जहाज र चुच्चो रेल चाहिएको छैन तर सरकार यस्तै बेतुके कुरामा बजेट बिनियोजन गरेर आफ्ना कार्यकर्तालाई ब्यवस्थापन गरेको छ । पानी जहाज कार्यलयको नाउमा करोडौको गाडी किनिएको छ , डिआर पि बनाउने र अध्ययन गर्ने नाउमा करोडौ बाढेर झ्वाम पारीएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको नाउमा कार्यकर्तालाई अर्वौ बाडीएको छ ,साँसद बिकास कोषको नाउमा साँसदहरुको गोजीमा ५-५ करोड हालिएको छ ।
अब कोरोना परिक्षण निजी क्षेत्रलाई दिने खेलमा करोडौको चलखेल हुन्छ । परिक्षणको अनुमती मैले पाउ भन्दै करोडौ बोकेर मान्छे मन्त्रालय धाउने छन । भारतमा ३ हजारमा हुने परिक्षणलाई नेपालमा अब १२-१५ हजार ठोकिन्छ र समाजमा कोरोना परिक्षण गर्नै पर्छ भन्ने हल्ला चलाएर फेरी गरिव जनता लुटिन्छ ।
( लेखक नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य हुन )