२०८२ बैशाख ७, आइतवार
  • रिपब्लिक दैनिक ४ जेष्ठ २०७७, आईतवार

काठमाडौं
लक डाउन बढदा पनि कोरोना संकटमा फस्दै गरेको नेपालको नयाँ आर्थिक बर्षको बजेट निर्माणमको क्रममा कोरोना रोकथाम, आधुनिक स्वास्थय उपचार प्रणाली, राहत र रेमिट्यान्स भित्राउने नेपालीले भोग्नुपरेको पीडा समाधान बारे आज राजधानीबाट जुम मिटिङ्ग र टेलीफोन सम्वाद मार्फत एन.आर.एन. को अगुवाहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको युवानेता क्षितिज भण्डारीले बताएका छन् ।
राष्ट्रपति विधादेवी भण्डारीद्वारा ल्याईएको नेपाल सरकारको नीति तथा कार्यक्रम बारे नकारात्मक टिप्पणी भैरहदा कतै कोरोना रोकथाम सम्बन्धि मुद्दा ओझेल त पर्दैन? भन्ने चिन्ताले आज राजधानीबाट एनआरएन अगुवाबिच छलफलले सबै दलहरुलाई राष्ट्रिय बिपत्तिको घडीमा नयाँ बजेट निर्माणमा एकताबद्ध हुन सुझाव दिएको नेता भण्डारीले बताएका छन् ।
कोरोनाबाट आर्थिकसामाजिक रुपमा धराशायी नेपाली अर्थतन्त्र कसरी उकास्न सकिन्छ भन्ने बिदेशको अनुभवको आधारमा आएको प्रतिनिधिमुलक महत्त्वपूर्ण धारणलाई लिखित रुप मै नेपाल सरकार, अर्थमन्त्री मा.युवराज खतिवडालाई र प्रतिपक्षी दलहरुलाई बुझाउने निर्णय भएको युवानेत भण्डारीले बताए ।
बजेट केन्द्रित कोरोना संकट बारे बिज्ञको सुझावलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका आ. केन्द्रिय सदस्य बालकृष्ण पाण्डे मार्फत पुर्ब अर्थमन्त्री डा.रामशरण महत सयोजकत्वमा गठित समिती र मा. बिनोद चौधरीको सयोजकत्वमा समिती र जनता समाजवादी पार्टी र राप्रपालाई पनि लिखित सुझाव बुझाई कार्यक्रमलाई सार्थक तुल्याईने सयोजक सुजन सापकोटाले बताए ।
नाईजेरियाबाट एनआरएन पुर्ब कोषाध्यक्ष हिक्मत थापाले नयाँ बजेटमा कोरोना रोकथामको बिकसित राष्ट्रको सफल अनुभवको आधारमा दलहरु एकीकृत भएर अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्वास्थय केन्द्र निर्माणको नीति नै पहिलो आधार बन्नुपर्ने बताए । नेता थापाले अब कोरोनाको व्यापक परीक्षण,स्वास्थ सामग्री खरिद,विदेशमा र सिमानामा अलपत्र नेपाली उद्दार नै सरकारको प्राथमिकता हुनुपर्ने बताए ।
त्यस्तै इजरायल कि नेतृ दिपिका भुषालले सरकारको नीति तथा कार्यक्रमबाट कुनै आशा सञ्चार नभएकोले आगामी बजेटमा आफुहरुको माग सम्बोधन हुनुपर्ने र नेपाली महिला बेरोजगारीमा विशेष ध्यान दिनुपर्ने बताईन । तरुण नेता एवं बिज्ञ कृष्ण सापकोटाले बन्द दूतावास कसरी खोल्ने र नेपालीलाई स्वदेश कसरी ससम्मान ल्याउने र लक डाउनमा कसरी कोरोना बढदैछ भनेर सरकारको द्य्यान जानुपर्ने बताए । जापानबाट चिरञ्जीवी थापाले सबै राजनीतिक दलहरु मिलेर आजको कठिन अवस्थामा होटेल, रेष्टुरेन्ट, ट्राभल्स, म्यानपावर, कन्सल्टेन्सी सहित समग्र अर्थतन्त्र टाट पल्टिन नदिन ठुला आयोजनाको बजेट आर्थिक जगत राहत प्याकेजमा डाईभ्रट गरेर ल्याउन माग गरेका छन् ।
अष्ट्रेलियाबाट मदन पौडेलले बिदेशीएको नेपालीको खर्बौ रेमिटान्स चाहिने तर नागरिक नचाहिने? कस्तो रणनीति हो सरकार भन्ने प्रश्न तेर्साएका छन् । सयोजक सुजन सापकोटाले रेल र एयर्पोर्टको सट्टामा प्रत्येक स्थानीय तहमा अत्याधुनिक अस्पताल र आईसियु निर्माण गर्न र युवालाई रोजगार दिन माग गरेका छन् ।
कार्यक्रम सहयोगी बिनित घिमिरेका अनुसार आज छुटेका थप: सुझाव संकलन सहित प्रस्ताव लेखन र प्रतिबेदन बुझाउन वरिष्ठ सल्लाहकारमा हिक्मत थापा र चिरञ्जीवी थापा रहने गरि बिज्ञ पत्रकार ईन्द्र रिजालको सयोजकत्वमा सचिव कृष्णप्रसाद सापकोटा, सुजन सापकोटालाई जिम्मेवारी दिईएको छ । सो कार्यक्रमको अनुगमनकर्ता एवं बिज्ञ बक्ता वरिष्ठ पत्रकार ईन्द्र रिजालले २०८७/२०९९को बजेटले पत्रकारलाई निशुल्क पिपिई परिक्षण, १ करोडको बिमा, उधोगिब्यवसायीको ब्याज मिनाह, बिपन्नलाई राहत र प्रवासीलाई बोईङ्ग पठाएर नेपाल ल्याउन विशेष प्याकेज समेटिनुपर्ने बताए । पत्रकार रिजालले आगामी आर्थिक वर्षको बजेटको ठोस योजनामा दलहरू सत्तापक्ष र विपक्षको मानसिकताबाट माथी उठेर एक भै अघि बढ्न सुझाव दिदै आफुले दुई दिन भित्रै प्रतिवेदन सम्बन्धित निकायमा बुझाउने प्रतिबद्धता गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु