लक्ष्मण गौतम
हामीले नेताका ड्राईभरलाई पनि नेता मानेउ
नेताका गोठालालाई पनि नेता मानेउ
नेताका भान्सेलाई पनि नेता मानेउ
नेताका नातागोतालाई पनि नेता मानेउ
र नेताहरुले उनीहरुलाई नै ठाउँ दिदै गए ।’
फलस्वरुप नेपाली कांग्रेसको वडा, जिल्ला, प्रदेश र केन्द्रमा पदमा बसेका धेरैले न बोल्न जानेका छन, न लेख्न जानेका छन, न अरु पार्टीका बिचारलाई तार्किक प्रतिबाद गर्न सक्छन, न नेपाली कांग्रेसको धारणा र राम्रा काम आम जनताका बिच पुराउन सक्छन ।’ नेपाली कांग्रेस भित्र टोल टोलमा पुग्न सक्ने, घर घरमा पुग्न सक्ने र पुगे पनि जनतालाई बुझाउन सक्ने, जनताले पत्याउने र संगठन बिस्तार गर्न सक्ने मान्छेको खडेरी छ ।’ नेपाली कांग्रेस भित्र संगठन बिस्तार गर्नु पर्छ, भोली चुनाव जित्नु पर्छ भन्ने भन्दा पनि नेताको चाकडी गर्न पर्छ, पद पड्काउन पर्छ भन्ने तत्व हावी छ ।”
आज नेपालको मिडिया र सामाजिक संजाल पुरै नेकपाको कब्जामा छ ।’ उनीहरुले बोल्न सक्ने, लेख्न सक्ने मान्छेलाई खोजी खोजी तेही काममा लगाएका छन ।’ आज उनका नेताले ७० करोड मागेको भिडियो नै हुँदा पनि नेपाली कांग्रेस मिडिया र सामाजिक संजालमा कमजोर छ । अपहरण देखी बिभिन्न काण्डै काण्ड आउँदा समेत कांग्रेसको आवाज खोई ? आजको यो डिजीटल युगमा मिडिया र समाजिक सँजाल बिना राजनिती होला र ? तपाई चोकमा चिच्चाएको १०० जनाले सुन्लान तर YouTube मा बोलेको, Facebook मा लेखेको लाखौंले हेर्छन ।’ आजको यो युगमा १० जना जम्मा भएर राको बालेको फोटो हेरेर जनताले भोट हाल्दैनन, जनता एजेन्डा हेर्छन, बहस सुन्छन ।”
रवी लामीछाने ,ज्ञानेन्द्र शाही लगायत थुप्रै एक जनाका पछाडी आज हजारौ छन ।’ रवी लामीछाने, ज्ञानेन्द्र शाही लगायत थुप्रैको संगठन छैन तर बोली छ ।’ त्यसैले कांग्रेस आजको डिजीटल युग सापेक्ष राजनिती गर्न नसक्ने हो भने कांग्रेस अब प्रजा परिषदमा रुपान्तरण हुन्छ ।”
एउटा उखान छ – “नबोल्नेको चामल बिक्दैन, बोल्नेको पिठो पनि बिक्छ” ।”
कांग्रेसलाई मेरो सुझाव :
२००७ सालमा राणा फालेउ , २०४६ सालमा प्रजातन्त्र ल्याएउ , माओबादीलाई जंगलबाट काठमाण्डौ ल्याएउ, कसैले जारी गर्न नसकेको संबिधान कांग्रेसले जारी गर्यो भन्दैमा आजका युवाले भोट हाल्दैनन ।’ बोल्ने कलाकै कारण नेपालमा गणतन्त्र आउनु र बेलगाडा चढेर अमेरिका जानु उस्तै हो भन्नेहरु नै आज गणतन्त्रका जननी भएका छन । आजका युवा फेशबुकका बिचारहरु पढ्छन, टुईट चलाऊछन र YouTube हेर्छन ।’ एउटा लेख , एउटा भिडियो , एउटा टुईटबाट भाईरल भनेर नेता बन्ने आजको युगमा अझै पनि योगदानको मात्रै अर्थ रहला र ? बिना मिडिया , बिना सामाजिक सँजाल अबको राजनिती संभव छ र ?
लेखक नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य हुन ।”