२०८१ मंसिर ९, आइतवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

 

विजयनगर ,३० बैशाख
कपिलवस्तुको विजयनगर गाउँपालिकामा मंगलवारसम्म ४ ओटा क्वारेन्टाइन र दशगजा नजिक रहेको दुई ठाउँमा ३ सय ४४ जना व्यक्ति रहेका छन् । जसमा गुगौलीको ४० जना, प्रेमनगरमा ४० जना, जुडपानीमा ३९ जना र गणेशपुरमा ९५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै गाउँपालिकाको दशगजा नजिकै रहेको मधुनगरमा १ सय जना र नयाँबस्तीमा ३० जना गरी ३ सय ४४ जना रहेका छन् ।

जसमध्ये हालसम्म ७६ जनाको पिसिआर नमुना संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवा पठाइएको स्वास्थ्य शाखाले जनाएको छ । आइतवार ५० जनार सोमवार २६ जनाको पिसिआर नमुना संकलन गरिएको थियो ।

भारतको महाराष्ट्रको मुम्बइर्, पुणे लगायत विभिन्न ठाउबाटँ आएर दशगजा नजिकै बसेका सम्पूर्ण नागरिकाको खाना र बस्नका लागि उचित व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिनु भएको छ ।
दिनप्रतिदिन संख्या बढ्दै जाँदा व्यवस्थापन कठिनाई हुँदै गएको र अवस्थालाई हेर्दा उच्च जोखिमपूर्ण रहेको थापाले बताउनुभयो ।

यसरी दिनप्रतिदिन कपिलवस्तुमा कोरोनाको संक्रमितको संख्या बढ्दै जाँदा जिल्ला सिल भएपछि गाउँपालिकाले उच्च सर्तकता अपनाएको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय गणेशपुरले पूर्ण रुपमा लकडाउन पालन गर्नका लागि माइकिङ्ग गर्दै बस्तीबस्तीमा पुगी जानकारी गराएको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।