विश्वव्यापी स्वास्थ म’हामारीको रूपमा फैलिएको कोरोना भा’इरस (कोभिड-१९) का कारण गरिएको लकडाउनका कारण श्रीमान् श्रीमती घरमा साथमै भइरहने अवस्थामा जनसंख्या वृद्धि हुने सम्भावनालाई मध्यनजर गर्दै घरघरमै गएर परिवार नियोजनका साधन बाँड्न थालिएको छ ।
भारत उत्तर प्रदेश अन्तरगतको स्थानीय सरकारले घरघरमै गएर नि:शुल्क कण्डम वितरण गर्न थालिएको भारतीय सञ्चारमाध्यमहरूले खबर सम्प्रेषण गरेका छन् । उत्तर प्रदेशको बलियामा जिल्ला प्रशासनले घरघरमै गएर कण्डम लगायतका परिवार नियोजन कीट बाँड्न निर्देशन दिएको जनाइएको छ ।
लकडाउनका कारण श्रीमान् श्रीमती घरमा साथमै भइरहने अवस्थामा जनसंख्या वृद्धि हुने सम्भावना देखेर साधन बाँड्न थालिएको छ ।
स्थानीय सरकारको निर्देशन पछि स्वास्थ कर्मचारीहरूको टिमले स्थानीयको घर घरमा गएर नि:शुल्क कण्डम सहितका परिवार नियोजनका अस्थायी साधनहरू बाँडिरहेका छन् । लकडाउन पछि जनसंख्या वृद्धि अर्को समस्याको रूपमा नआओस् भनेर यस्तो उपाय अपनाइएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।