धरान (२०७७-०१-१२) – विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानले धरानलाई सहयोग गरे पनि पछिल्लो दिनहरूमा समन्वय हुन नसकिरहेको धरानका मेयर तिलक राईले बताएका छन । समन्वय नभएको कारण संक्रमितको पुर्नः पुष्टी गर्ने क्रममा धरानमा कोरोनाको जोखिम बढेमा विपीका पदाधिकारीहरूले जवाफदेहिता बहन गर्नुपर्ने समेत उनले आक्रोश पोखेका छन ।
विपीले हाल कोरोना बाहेक अन्य उपचार कमै मात्र भएको छ । उपचार जस्तै अत्यन्तै विशिष्ट सेवाको बारे जनप्रतिनिधी र नगरबासी जानकार नहुँदा कोरोना संग लड्नका लागी धरान उपमहानरपालिकाले चालेको अभियान असफल हुन सक्ने मेयर राईले बताए । उनले विपीको उपकुलपतिले स्थानिय जनप्रतिनिधी, डिपार्टमेन्ट डेड, चिकित्सक लगायत स्वास्थ जनशक्तिसंग समन्वय गर्नुपर्नेमा नगरेको समेत आरोप लागएका छन ।
‘विपीको व्यवस्थापनले संक्रमित व्यक्तिहरूलाई समेत सामान्य विरामी जस्तै खुल्ला रूपले उपचार भइरहेको र त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ कर्मचारीहरूलाई समेत जानकारी नहुँदा उनिहरू जोखिममा रहेको गुनासो आइरहेको छ । यसमा प्रतिष्ठानले खेलाँची गर्नुहुँदैन ।’ उनले भने, ‘यस विषयमा विपीका उपकुलपतिलाई ध्यानाकर्षण गराउनका लागी फोन गर्दा ३ दिनदेखी फोन नउठाएको र कलब्याक समेत नगरेको गैरजिम्मेवारी हो, त्यसैले समन्वय हुन सकेको छैन ।’ विपी प्रतिष्ठानमा कार्यर स्वास्थ जनशक्तीहरूको मनोबल उच्च बनाउन उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने तर त्यसको लागी प्रदेश सरकार, विपीको उपकुलपति लगायत व्यवस्थापन टिमले समन्वय गर्नुपर्ने उनले बताए ।