२०८२ फाल्गुन २८, बिहिबार
  • Namaste Khabar ६ वर्ष अगाडि

समाजवादी पार्टी फुट्न लागेको विभिन्न समाचार स्रोतले जनाएको छ ।  स्रोतका अनुसार पार्टी फुटाएर नयाँ दल दर्ता गर्न रेणु यादव नेतत्वमा ८ सांसदको  हस्ताक्षर तयार भइसकेको जनाएको छ ।

हस्ताक्षर गर्ने सांसदहरुमा रेणु यादवसहित विमलप्रसाद श्रीवास्तव, मोहम्मद इस्तियाक राइ, रुही नाज, कुलदेवी विश्वकर्मा लगायत रहेको बताएको छ । ओली सरकारले राजनैतिक दल सम्बन्धित नयाँ अध्यादेश पारित गर्न साथ  उनीहरु हस्ताक्षरसहित नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा जाने भएका छन् ।

लगत्तै बाबुराम भट्टराइ र उपेन्द्र यादप सरकार बिरुद्ध  कडा रुपमा प्रस्तुत भएका थिए भने अध्यक्ष उपेन्द्र यादपले कोरोना महामारीबाट जनताको जीवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारी कदमको विरोध गर्न आग्रह गरेको थियो ।


यो पनि पड्नुहोस


प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याएलगत्तै समाजवादी पार्टी फुटको चर्चा चलेको थियो । राजनीतिक दल सम्बन्धित नयाँ अध्यादेशले संसद या केन्द्रीय समिति जुनसुकैमा ४० प्रतिशत भए पुग्ने उल्लेख छ । समाजवादी पार्टीमा कुल १६ जना सांसद छन् । ८ जना ५० प्रतिशत पुग्छ ।

संसदीय दलमा समाजवादी पार्टीमा प्रतिनिधिसभा सदस्य १५ जना छन् भने राष्ट्रियसभामा १ सदस्य छन् । प्रतिनिधिसभामा ६ सदस्य भएमा ४० प्रतिशत पुग्छ ।

राष्ट्रियसभा सदस्य समेत जोड्दा ७ जना पुग्नुपर्छ । समाजवादी पार्टीमा सांसद रहेकामा उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्रप्रसाद श्रेष्ठ, मोहम्मद इस्तियाक राइ, उमाशंकर अरगरिया, कुलदेवी विश्वकर्मा, प्रदीप यादव, विमलप्रसाद श्रीवास्तव, रामबाबुकुमार यादव, रामसहायप्रसाद यादव, रुही नाज, रेणुकुमारी यादव, रेणुका गुरुङ्, डा. सुरेन्द्रकुमार यादव, डा. सुर्यनारायण यादव र राष्ट्रियसभामा प्रमिला कुमारी छन् ।

फेसबुक प्रतिक्रियाहरु