२०८१ मंसिर १, शनिबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं : सरकारले दुई अध्यादेशको अवधारणा अघि सारेको केही घण्टामै नेकपाका प्रभावशाली नेता भीम रावलले आपत्ति जनाएका छन् ।

सोमबार राष्ट्रपतिले जारी गरिसकेका दुई अध्यादेशलाई ‘देशका लागि अनिष्टकारी’ भन्दै  रावलले कटाक्ष गरेका हुन ।
यसले वाह्य हस्तक्षेप बढाउने र देशमा अनिष्ट ल्याउने भन्दै नेता रावलले खारेजीको माग समेत गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत पनि आफ्नो धारणा सार्वजनिक गरे । उनले लेखेका छन्, ‘पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशका लागि अनिष्टकारी हो ।’

यसअघि नेकपाकै अन्य नेताहरुले पनि अध्यादेशको विरुद्धमा अभिव्यक्ति दिएका छन् । कृषिमन्त्री घनश्याम भुसाल, नेत्री रामकुमारी झाँक्री लगायत नेताहरुले आपत्ति जनाइसकेका छन् ।

रावलले व्यक्त गरेको बिचार जस्ताको त्यस्तै :

‘कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशका लागि अनिष्टकारी हो ।

देशमा राजनीतिक स्थायीत्व र कायम गरी बाह्य चलखेल बन्द गर्ने द्येयले राजनीतिक दलका बीच निकै लामो छलफल र परामर्शपछि सहजै पार्टी फुटाउन नसकिने गरी राजनीतिक दल सम्बन्धी कानुन ल्याइएको थियो । त्यसै गरी तत्कालिन नेकपा एमालेको निकै ठूलो प्रयासपछि संवैधानिक परिषदमा विपक्षी दलको नेता रहने धारणाले संविधानमा स्थान पाएको थियो ।

यसका विरुद्ध ल्याइएका यी दुबै अध्यादेशले देशलाई पुन राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरण तर्फ धकेल्ने खतरा उत्पन्न भएको छ । यस्ता अनष्टिकारी अध्यादेश खारेज हुनुपर्छ ।’

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना