२०८१ फाल्गुन १३, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं – आमा बितेर भारतमै क्वारेन्टाइनमा किरिया बस्न बाध्य दार्चुलाका वासुदेव भट्टलाई नेपाल ल्याइएको छ ।

आइतबार दिउँसो वासुदेवलाई बलुवाकोटबाट सीमाको झोलुङ्गे पुलबाट नेपाल भित्र्याइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए । उनलाई प्रशासन र प्रहरीको समन्वयमा घर पठाउने तयारी भइरहेको छ ।

वासुदेवकी आमाको ६ दिनअघि मृत्यु भएको थियो । उनी ५ दिनदेखि बलुवाकोटमा किरिया बसेका थिए । उनी दार्चुलाको शैल्यशिखर नगरपालिका १ का बासिन्दा हुन् ।

उनको आज जिल्ला अस्पतालमा कोरोना संक्रमण भए नभएको र्‍यापिड टेस्ट गरिने छ । भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले नेपालको दत्तुमा रहेका प्रहरीलाई बुझाएर फर्केका थिए ।

फेसबुक प्रतिक्रियाहरु