एजेन्सी, फ्रान्स र चीनको बीचमा शुरू भएको कूटनीतिक विवाद झन् चुलिँदै गएको छ । यो तत्काल रोकिएला जस्तो देखिँदैन ।
चिनियाँ दूतावासको वेबसाइटमा अझै एउटा लेख किन छ भनेर फ्रान्सेली सीनेटरहरूले सोधेका छन्, जुन लेखबाटै विवाद सुरु भएको थियो ।
फ्रान्सको विदेश मन्त्रालयले पेरिसमा रहेका चिनियाँ राजदूतलाई बोलाएर यस लेखका बारेमा सोधेको थियो । फ्रेन्च भाषामा लेखिएको यो लेख चिनियाँ दूतावासको वेबसाइटमा धेरै भागमा छापिएको छ । यसलाई चिनियाँ दूतावासले पनि ट्वीट गरेको छ ।
यस लेखमा चीनमा कोरोना भाइरस महामारीको बारेमा उठाएका कदमहरूको प्रशंसा गरिएको छ र पश्चिमी देशहरूको आलोचना गरिएको छ । यस विवादको समय फ्रान्सलाई असहज बनाउनेवाला छ किनभने फ्रान्सले चीनबाट कोरोना संक्रमण रोक्न ६० करोड मास्क माग गरेको थियो । त्यो आपूर्ति हुन अझै बाँकी छ ।
सुरुमा फ्रान्सले यस लेखको बारेमा मौनता राख्यो । तर पछि फ्रान्सको परराष्ट्र मन्त्रालयले चिनियाँ राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्यो । बुधबार धेरै फ्रान्सेली सिनेटरहरूले यो लेख चिनियाँ दूतावासको वेबसाइटबाट अझै किन हटाइएको छैन भनेर आपत्ति जनाएका थिए । – बिबिसी हिन्दीकाे सहयाेगमा