२०८१ फाल्गुन १३, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

बागलुङ जिल्लामा शनिबार चट्याङले लागेर एक युवाको नि’धन भएको छ । बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको शनिबार दिउँसो ४ः३० बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर नि’धन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले बताए ।

चट्याङबाट ग’म्भीर घाइते रिजालको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा नि’धन भएको प्रहरीले जनाएको छ । चट्याङले लागेर २० वर्षीय रेश्मी भट्ट पनि घाइते भइन् ।

काठमाडाै बस्ने रिजाल लकडाउनका कारण कोरोना भाइरसबाट जोगिन भन्दै गाँउ गएका थिए तर उल्टै चट्याङले ज्यान लिएको छ । कलिलै उमेरमा निधन भएपछि परिवार र पुरा गाँउ नै शोकमा डुबेको छ ।

फेसबुक प्रतिक्रियाहरु