२०८२ फाल्गुन २८, बिहिबार
  • Pramesh Tamu ६ वर्ष अगाडि

काठमाडौं : लकडाउनको मारमा परि उपत्यकामा अलपत्र परेकाहरुलाई  सरकारले  घर जाने समय तोकेको  छ।

यात्रुहरु घर जान नपाएर अलपत्र परेको भन्दै गुनासो आएपछि कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले  अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय गरेको हो।

सरकार आफैंले उपत्यकामा अलपत्र परेका नागरिकलाई सम्बन्धित जिल्लाको  राजमार्गसम्म पुर्याउने तयारी गरेको समेत गनाएको छ। छोटो र लामो दूरीका नागरिकलाई कसरी पठाउने भन्ने विषयमा छलफल भइरहेको समेत सरकारले  जानकारी दिएका छन् ।

सरकारले यसअघि चैत ११ गतेदेखि वैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु