२०८१ पुस ८, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं-  नेपालमा छैटौं बिरामीमा कोरोना देखिएको छ। दोहाबाट  आएकामा कोरोना पोजेटिभ देखिएको  स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन्।

उनी चैत ४ गतेको कतार एअरको फ्लाइटबाट काठमाडौं आएका थिए। उक्त एअरबाट काठमाडौं आउने दुईजनामा यसअघि नै कोरोना पोजेटिभ देखि‍सकेको छ। उनीहरुको टेकु अस्पतालमा उपचार भइरहेकाे छ।

पछिल्लो चौबिस घन्टामा ७३ जनाको कोरोना भाइरसको प्रयोगशाला परीक्षण भएको छ। उक्त परीक्षणका क्रममा कोहीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन।

अहिलेसम्म ११ सय ८४ वटा  परीक्षण भइसकेको छ। ४३ जनाको परीक्षणको क्रममा रहेको छ।  देशभरिमा १ सय ५ जना आइसोलेसनमा छन्।  सरकारले कोरोना परीक्षणको दायरा बढाएको छ।

चारवटै केसको कन्ट्र्याक्ट ट्रेसिङको लगभग सकिएको डा देवकोटाले जानकारी दिएका छन्।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।