शान्तिराज राई
हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख तथा कांग्रेस नेतृ विमला राईले विपन्न परिवारलाई सहयोग गरेका छन । राईले दैनिक ज्यालादारी गर्ने, एकल महिला र विपन्न वर्गका २५ परिवारलाई बुधबार खाद्य सामग्री घरमै पुर्याइदिएको उनले बताइन्।
उपमेयर राईले व्यक्तीगत खर्चमा अति विपन्न परिवारलाई ४ सय २० केजी चामल वितरण गरेका हुन ।
विपन्नको घरमा केही दिन चुल्हो बालिदिएर राई संकटको घडीमा गरेको सहयोग मुल्यवान हुन्छ भन्ने कुराको एक उढाहरण पात्रका रुपमा देखिए ।
उपमेयरले कुरा गर्दै भने, ‘उहाँहरुले समस्यामा परेको कुरा बारम्बार टेलीफोन गरेर भन्नु्भयो, खास नगरपालिकाबाट पनि सहयोग गर्ने कुरा अगाडी बढाइएको छैन् । उहाँहरुको परिस्थति नै आश्रित भएका कारण थौरै सहयोग गरेकी हुँ ।’
दैनिक ज्यालामा हलेसी बजारका होटलमा भाँडा माझ्ने, सामान केलाउने बनाउने, लोडअनलोड लगायतका काम गरेर परिवार चलाइरहेको अवस्थामा लक डाउन लागू भएपछि समस्यामा परेका परिवारलाई उपमेयर राईले गाउँमै पुगेर खाद्यान्न वितरण गरेका थिए ।
राईले कात्तिके, गैरीगुठ र ऐसेलुखर्कलगायतका ठाउँका १४ विपन्न परिवारलाई खाद्य सामग्री सहयोग गर्ने तयारी गरेको समेत जानकारी दिए।