शान्तिराज राई
विश्व आक्रान्त छ । सबैको मनमा सन्त्रास छाएको छ । अहिले सबैको मनमा एउटै पिर छ । आफू कसरी सुरक्षित रहन सकिन्छ । आफू सुरक्षीत रहे परिवार सुरक्षित रहन्छ । परिवार सुरक्षित रहे समाज सुरक्षीत हुन्छ । समाज सुरक्षित रहे देश र देश सुरक्षित रहे विश्व सुरक्षित रहन्छ भन्ने नै अहिलेको मुल मन्त्र हो ।
अहिलेसम्म कोरना भाइरसका कारण विश्वभर ८ लाख ८२ हजार ६८ जनामा यो भाइरसको संक्रमण देखिएको छ । त्यसमा १ लाख ८५ हजार ६७ जना निको भएका छन । मृत्यु हुनेको संख्या ४४ हजार १ सय ३६ जना रहेको छ ।
त्यसैले यसलाई हसिमाजक कमजोर भाइरस ठानेर लापरबाही नगरौ । नियमित रुपमा साबुन पानीले हात धोऔ र घरै बसौ । आफू पनि सुरक्षीत रहौ र अरुलाई पनि सुरक्षित राखौ ।