२०८१ पुस २७, शनिबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

लक्ष्मण गौतम 

चिन अमेरिका सँग कुनै पनि रुपमा लड्न सक्ने अवस्थामा थिएन तसर्थ चिनले भाईरस बनायो र संसार भरी फैलायो । संसार भाईरसले ध्वस्त भैरहेको आजको अवस्थामा चिन भाईरस मुक्त छ , चिन मात्र होईन चिनका पाटनर रसिया , उत्तर कोरियामा पनि भाईरस निस्कृय छ ।

बुहानबाट निस्केको भाईरस संसार भरी फैलिदा चिन कै अरु शहरमा किन फैलिन सकेन ? संसार भरी कोरोना भाईरस माहामारीका रुपमा फैलिरहदा चिन कसरी कोरोना मुक्त भयो ? उत्तर सिधा छ – कोरोना भाईरस चिनकै ल्यावबाट निस्केको थियो र भाईरस सँग सँगै औषधी पनि निस्केको थियो । भाईरस निस्कने बित्तिकै ७२ घण्टा मै चिन कसरी सुबिधा सम्पन्न अस्पताल बनाउन सफल भयो ? उत्तर सिधा छ – चिन पहिले नै तयारी अवस्थामा थियो ।

आज युरोप अमेरिका बन्द , कोलाहलको अवस्थामा छ । युरोप अमेरिकाको शेयर बजारमा भारी गिरावट आएको छ ,युरोप अमेरिकाका कल-कारखानाहरु बन्द हुँदै छन , युरोप अमेरिका पुरै कोरोनाका बिरुद्द लडी रहेको छ तर चिन फटाफट संसार भरी समान बेच्दै छ , युरोप अमेरिकामा आर्थिक रुपमा धरासाही हुँदै गएका कम्पनीहरु चिनले सस्तो मुल्यमा खरिद गर्दै छ , चिनले खाडीबाट बार्गेनिङ मुल्यबाट तेल किनेर संचय गर्दै छ ।

युरोप अमेरिका लगाएतका राष्ट्रहरुमा कोरोना ब्यापक रुपमा फैलिदै छ , दिनहु हजारौ मान्छे मर्दै छन र यो माहामारीको अवस्थामा उनीहरु कोरोना बिरुद्द लड्न बाहेक अरु क्षेत्रमा ठप्प छन , ठिलो चाडो यसको भ्याकसिन त आउँला तर त्यो बेला सम्म चिनले विश्व बजार कब्जा गरी सक्ने छ ।

यो चिन द्वारा प्रहार गरिएको “तेश्रो जैबिक विश्व युद्द” हो र अब चिनले आफुलाई विश्वकै शक्तीशाली देशका रुपमा उभ्याउने छ ।

(यो लेखकको निजि विचार हो । गौतम नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य हुन )

फेसबुक प्रतिक्रियाहरु