लक्ष्मण गौतम
जब कोरोना भाईरस विश्व भरी फैलिदै थियो तब नेपाल सरकार सुतेर बसेको थियो तेसैको फल स्वरुप आज हामी सँग कोरोनाका बिरुद्द लड्न मास्क , पंजा , प्रटेक्टिभ सुट , बुट , भेन्टीलेटर केही छैन वा भनौ हामी तयार नै छैनौ , हामी बल्ल क्वारेन्टाईन बनाउने प्रकृयामा छौ भने मास्क , पंजा , प्रटेक्टिभ सुट , बुट , भेन्टीलेटर कहाँ पाईन्छ वा कसले दान दिन्छ भन्दै कुरेर बसेका छौ ।
जब सरकार सुत्छ तेसलाई जगाउने काम प्रतिपक्ष, मिडिया र नागरिकको हो तर प्रतिपक्ष धमाधम मनोनित तिर लाग्यो भने पत्रकारहरु प्रधानमन्त्रीले ठुस्स पादनु भो , आधा किलो हग्नु भो जस्ता वाईजात समाचार बनाउन तर्फ लागे । चोरलाई चोर , भ्रष्ट्राचारीलाई भ्रष्ट्राचारी , कालो लाई कालो र सेतोलाई सेतो भन्न नसक्ने हामी नागरिकहरु नागरिक कम झोले बढी छौ तसर्थ आफ्नो पार्टिको निर्णय बिपरित देशको हितमा बोल्ने कुरै भएन ।
जब सम्म देशका मिडिया र नागरिक कुनै पनि पार्टीको प्रभावमा नपरी सहिलाई सहि र गलतलाई गलत भनेर लेख्ने , बोल्ने आट गर्दैनन तब सम्म त्यो देशका राजनितीज्ञहरुले राजनितीलाई ब्यापारका रुपमा प्रयोग गर्छन । हिजो चप्पल पडकाउने आज राजनिती गरेकै भरमा प्राडो दौडाउछ , हिजो कसले एक ग्लास चिया खुवाउछ भनेर चोकमा कुर्नेहरुले आज राजनिती गरेकै भरमा डबल माल्ट हुईस्की पिलाउने हैसियत बनाएका छन ।
नेपाली राजनितीमा २० औ बर्ष देखी उनै पुराना नेता हावी छन किनकी यहाँ सक्षम र योग्य मान्छेलाई राजनितीमा घुस्नै दिईन्न ,हरेक पार्टीमा राजनितिक सिन्डीकेट छ । गतिलो मान्छे घुस्यो भने भोली आँफै साफ भईन्छ तसर्थ यहाँ हरेक पार्टिमा राजनितीको “र” नबुझेको र योग्यताको “यो” नभएको “Yes Man” लाई बोकीन्छ ताकी आफु सधै भरी राज गरी राख्न पाईयोस र देश चुसी राख्न पाईयोस ।
आजको हाम्रो पुस्ताले संसार देखेको छ , संसार घुमेको छ र भनौ बिकासको चरम सुख पनि भोगेको छ भने हामी नेपालमा किन गरिवी , अभाव र पिडामा बाच्ने ? हामी न्यूयोर्क देखी लण्डन देखी पेरिस देखी टोकियो देखी बेजिङ सम्म पुगेका छौ र त्यहाँका जनताले प्रयोग गरेको सुबिधा देखी सुख भोगेका छौ भने हामी अझै पनि किन भ्रष्ट्राचारीलाई जय जय भन्दै काधमा बोकेर हिंडेका छौ ? एउटा कुरा प्रष्ट के छ भने देश बनाउने राजनितीले हो तसर्थ जब सम्म नेपाली राजनितीमा योग्यता सक्षमता र ईमान्दारीताले स्थान पाउदैन तब सम्म हामी यस्तै त हो नि ब्रो । हिन्दीमा एउटा भनाई छ – “जैसे करनी, वैसे भरनी ” अब पशुपतीमा घण्टा हल्लाम र कोरोना बिरुद्द लडौ ।