काठमाडौं । ओखलढुंगा केन्द्रिय प्रतिनिधि सभा सदस्य मा. यज्ञराज सुनुवारले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
सोमबार फेशबुकमार्फत् जानकारी दिँदै एक महिनाको तलब सहयोग गर्न लागेका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कोष स्थापनाको निर्णय गरेको थियो ।