२०८१ पुस २७, शनिबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

 

कोरोना भाईरसका कारण अहिले बेलायतमा केहि असहज अवस्था छ ।
तर यो बेला नेपाली बिध्यार्थीहरुको बिचल्ली भयो भनेर सामाजिक संजालमा अनावश्यक रुपमा बढी नै हल्ला फ़िजिएको छ ।

नेपालमा रहनु भएका आफन्तहरुमा चिन्ता र मानशिक तनाब नै हुने गरि अनावश्यक अफबाह नफैलाउन मिडिया, बेलायतबासि नेपाली र स्वयं बिध्यार्थीहरुलाई पनि हार्दिक अनुरोध छ ।

यस्ता खाले हल्लाले गर्दा बेलायतमा बस्ने नेपालीसमुदाय, यहाँका संघ संस्था अनि अभियन्ता सबैको बेइज्जत र मान मर्दन मात्रै हुने छ ।

यो बेला धमिलो पानीमा माछा मार्नेहरुको चलखेल हुने सम्भावना पनि उत्तिकै हुने हुँदा सबै चनाखो रहनु होला ।

सहयोग र अन्य हातेमालोका लागि नेपाली दुताबास कै माध्यमबाट सबै कार्य गराउने पहल गरिंदा पारदर्शी र सहज हुने प्रति सबैको ध्यान आकृष्ठ होस् ।

नेपालमा रहनुहुने सम्पूर्ण आफन्त हरुलाई अफबाह फैलिए जस्तो अवस्था नआईसकेको र यहाँ दुताबासले सहयोगका लागि आवश्यक पर्ने समन्वयन थालिसकेकाले न आत्तिन अनि चिन्ता नगर्न जानकारी रहोस ।

बेलायतमा रहने नेपालीहरुमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भै सकेकाले अहिले सम्म सुरक्षित नेपालीहरुले साबधानी अपनाउनु होला । बाहिर अत्यावश्यक काम बाहेक ननिस्किएर सुरक्षित रहनु होला ।

फेसबुक प्रतिक्रियाहरु