बेइजिङ : बिस्वभर कोरोना भाइरस तिब्र गतिमा फैलिरहेको अबस्थामा चीनमा भने यसको प्रभाव घटिरहेको छ । चीनमा करिब ९० प्रतिशत कोरोना संक्रमित उपचार गरी घर फर्किसकेका छन् । सिन्ह्वाका अनुसार आइतबारसम्म ७२, ७०३ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।
आइतबार मात्रै ४५९ जना संक्रमित उपचार गरी अस्पतालबाट डिस्चार्ज भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै सिन्ह्वाले खबर दिएको छ ।
हालसम्म चीनमा ८१,,०९३ कोरोना संक्रमित भेटिएको सिन्ह्वाले जनाएको छ। यस भाइसरको संक्रमणबाट आइतबारसम्म चीनमा ३२७० जनाको मृत्यु भएको चीनको स्वास्थ्य आयोगले पुष्टि गरेको छ। यो संख्या कुल संक्रमितको करिब ४ प्रतिशत हो । ५ हजार हाराहारी संक्रमित अझै उपचाररत छन् ।