२०८१ फाल्गुन १३, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

मानमा: चीनको बुहान प्रान्तबाट  सुरु भएको कोरोना भाइरसको संक्रमण  अहिले संसार भर तिब्र गतिमा  फैलिरहेको छ ।पछिल्लो अपडेट अनुसार कोरोना भाइरसले हाल युरोपलाई इपिसेन्टर बनाएको छ ।

बिस्वभर कोरोना भाइरस सरुवा रोगको चाप बढ्दै जाँदा स्पेन  दक्षिण कोरियालाई पछाडि पार्दै  विश्वको चौथो सबैभन्दा कोरोनाभाइरस संक्रमित राष्ट्र बन्न पुगे छ । भने  इटाली दोस्रो स्थानमा उक्लेको छ ।

यो संगै नेपालीहरु अत्याधिक मात्रामा रहेको मध्य पूर्वका खाडी मुलुकहरुमा पनि कोरोना भाइरस संक्रमितको संख्या उल्लेखिय रुपमा देखिएको छ । सबैभन्दा बढी  ईरानमा  यसको प्रभाब देखिएको छ भने इरान अहिले बिस्वको तेस्रो कोरोना संक्रमित देसको सुचिमा परेको छ ।

कतार, दुबई, बहराइन लगाएतका खाडी मुलुकमा पनि कोरोना संक्रामित देखिएपछी उच्च सतर्कता अपनाइएको छ । बहराइनमा अहिले   तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको  बहराइनको मानमास्थित नेपाली दूतावासले जनाएको छ ।  । तर स्वास्थ्य परीक्ष गर्दा उहाहरुलाई संक्रमण नदखिएको तेहा स्थित नेपालि दुताबासले जनाएको छ ।

सल्मावादस्थित श्रमिक क्याम्पमा बस्दै आएका एक कामदारमा  कोरोनाको संक्रमण भेटिएपछि त्यहाँ कार्यरत नेपालीलाई पनि क्वारेन्टाइनमा राखिएको  हो ।

 

फेसबुक प्रतिक्रियाहरु