२०८१ फाल्गुन १३, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

नयाँ दिल्ली । भारतको पञ्जाबमा एक प्रहरी अधिकारी विरुद्ध हत्या प्रयासमा मुद्धा दायर गरिएको छ ।

‘सिंघम’ भनेर चिनिने पन्जाब प्रहरीका डीएसपी अतुल सोनी विरुद्ध भारतीय प्रहरीले गोली चलाएको अभियोगमा मुद्दा दायर गरेको हो ।

उनी विरुद्ध हत्याको प्रयास र प्रहरी ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको भारतिय संचारहरुले जनाएका छन्।

सोनीमाथि आफ्नी श्रीमतीलाई गोली हानी हत्या गर्ने प्रयाश गरेको आरोप लगाइएको छ।

अतुल सोनी शनिबार पार्टीबाट ढिलो घर फर्केका थिए। राती अबेर घर पुग्दा श्रीमतीले ढिला गरि ढोका खोलिन्।

डीएसपी सोनी यति रिसाए कि उनले आफ्नी श्रीमतीलाई लक्षित गरि गोली नै हाने। यद्यपि उनकी श्रीमतीलाई गोली लागेन र बच्न सफल भइन्।

गोली हानेपछि श्रीमती रातिनै प्रहरी चौकी पुगेकी थिइन्। उजुरी दिएपछि प्रहरीले डिएसपी विरुद्ध हत्या प्रयाशमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ।

मुद्दा दर्ता भएपछि अतुल सोनी हाल फरार छन्।

सोनीकी पत्नीले पंजाब प्रहरीलाई उक्त घटनामा प्रयोग भएको हतियार समेत उपलब्ध गराएकि छन्।

घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

भारतको चचण्डीगढका ५० बर्षका डीएसपी सन १९९२ मा सब इन्सपेक्टरको रुपमा भर्ना भएका थिए । उनी सन् २०१८ मा डिएसपीमा बुढवा भएका थिए ।

सोनीले तीन पटक अन्तर्राष्ट्रिय ह्यान्डबल प्रतियोगितामा भारतको प्रतिनिधित्व गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु