२०८२ जेष्ठ ११, आइतवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

 काठमाडौं : उपसभामुख शिबमाया तुम्बाहाम्फेले राजिनामा दिए संगै अब  प्रतिनिधिसभाका सभामुख चयनका बाटो खुलेको छ | भने  सभामुखका  लागि १२ गते निर्वाचन हुने भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य महन्थ ठाकुरले १२ गते सभामुखको निर्वाचन तोकेका हुन् । लगतै संसद सचिवालयले सभामुख निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।

सभामुखको उम्मेदवारी दर्ताको समय भने भोलि मंगलबार ७ विहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ । संसद सचिवालयकै महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले १५ असोजमा राजीनामा दिएका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन् । संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने व्यवस्था रहेकाले नेकपाले नै शिवमायालाई राजीनामा दिन आग्रह गरेको थियो ।

  • राजसत्ताभन्दा पितृसत्ता बलियो रहेछ: शिवमाया तुम्बाहाम्फे 

निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजसत्ताभन्दा पितृसत्ता बलियो रहेको अनुभव आफूले गरेको बताएकी छन् ।

उनले राजसत्ता भनेर राजसंस्था लाई इंकित गरेकी हुन । ‘राजसंस्था सबै मिलेर सहजै फाल्यौं । तर, पितृसत्ताको सोचलाई परिवर्तन गर्न अझै धेरै मेहनत गर्नुपर्ने रहेछ,’ उपसभामुख पदबाट राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्दै डा. तुम्बाहाङफेले भनिन् ।

संस्था गत रुपले अगाडि बढेकाले पितृसत्ता सोचलाई उन्मुलन गर्न एक दुई व्यक्ति मात्रै लागेर नहुने भन्दै उनले पत्रकारलाई पनि यसतर्फ कलम चलाउन आग्रह गरिन् ।

फेसबुक प्रतिक्रियाहरु