ओखलढुंगा पौष ५
ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिकाले दुधकोशी जलासययुक्त आयोजनाका विषयमा नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
आयोजना शुरु हुँदै गर्दा गाउँपालिकाले प्राधिकरणको ध्यानाकर्षण गराएको हो । आयोजनाको अति प्रभावित गाँउपालिकाका ३० किमी क्षेत्र ९वडा नम्बर १,२,३,५ र ६० सुख्खा क्षेत्र रहेको र त्यहाँ खानेपानी समस्याका कारण बस्ती नै रित्तन सक्ने भन्दै गाँउपालिकाले प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।
गाउँपालिका प्रमुख मोतिराज राईका अनुसार प्रभावित क्षेत्रमा मानिस, पशुपन्क्षी र गाईबस्तुहरुले नै खाने पानीको ठूलो समस्या हुने र दुधकोशी वरिपरिको सम्पुर्ण बस्तीहरु रित्तिने सम्भावना धेरै छ ।
अझ त्यो भन्दा जोखिम कुनै पनि कारणले ड्याम फुटेमा यो क्षेत्र नै बगाउने सम्भावना धेरै रहेकाले यो क्षेत्रलाई अति प्रभावित क्षेत्र घोषणा गरिनुपर्ने उनको भनाइ छ ।
त्यस्तै मानेभञ्ज्याङ गाउँपालिका–६ का वडाअध्यक्ष हेमराज राईले आयोजनाका कारण गाउँपालिका क्षेत्र भित्र रहेका गिटी,बालुवा र ढुङ्गा लगाएतको सम्पुर्ण प्राकृतिक श्रोत बन्द हुने र गाउँपालिकालाई ठुलो क्षेती हुने बताए । ‘यो वडाका जन–प्रतिनिधि भएको नाताले यदी प्रभावित वडाहरु अति प्रभावित वडा घोषणा गरिएन भने हामी जस्तोसुकै कदम उठाउन तयार छौं,’ उनले भने ।
स्थानीय समाजसेवी हुकुम राईले दुधकोशीले हजारौं रोपनी यो भेगको जग्गाहरु बगाएर लगेको, छोरा, छोरीहरु बगाएर लगेको बेला पनि भगवान गर्ने गरेको बताए ।
‘दुधकोशी हाम्रो ठाउँको सुन्दरता र पहिचान हो । यो रहेन भने यहाँको धेरै कुराहरु हराउँछ,’ उनी भन्छन्, ‘यो क्षेत्र अति प्रभावित क्षेत्रमा नै छैन भन्दा अचम्म लागेको छ । यो तुतुन्त हुनु पर्यो।
दुधकोशीलाई नै फर्काएर अन्तैबाट लानु हुन्न । निश्चित ठाउमा पुराएर फेरि यो दुधकोशी नदीलाई आफ्नै स्थानबाट बग्न पनि दिनु पर्छ ।’