काठमाडाैँ, ५ पुष । आगामी बिहीबार अर्थात् यही पुष १० गते यस वर्षकाे अन्तिम ग्रहण- खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । नेपाली समय अनुसार बिहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनटको हुने सो ग्रहण असरकारक हुने ज्योतिषी दीपक सुवेदीले बताउनु भएको छ ।
ज्यो. सुवेदीले यतिबेलाको ग्रहणको बढी असर हुनसक्ने बताउनु भएको हाे । यसै पनि ग्रहण सं’क्रमण कारक हुने बताउँदै उहाँले भन्नुभयाे, ‘सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै, त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ । साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् ।
जसले गर्दा केही अप्र’त्यासित घ’टनाक्रम बढाउन सक्ने, रोगको संक्रमण बढ्न सक्ने लगायतका वि’परीत फलको भ’य हुन सक्ने देखिन्छ ।’ ग्रहण अवधि भरि अन्न, जल तथा भाेजन ग्रहण गर्न नहुने, स्नान गर्न नहुेन, याे शुरू हुन भन्दा पहिला र अन्त्य भैसके पछि मात्र स्नानादि गर्नुपर्ने ज्याेतिष शास्त्रकाे मत छ । साथै नांगाे आँखाले ग्रहण हेर्न हुँदैन ।