२०८१ फाल्गुन १३, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमान्डौ:  सरकारद्वारा नवनियुक्त सातै प्रदेशका  प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् ।

मन्त्रि परिषदले  कांग्रेस सरकारका पालामा नियुक्त गरेका  सातै प्रदेशका प्रदेश  प्रमुखहरुलाइ  बर्खास्त गरेको थियो ।  सत्तारूढ दलको सिफारिसमा सोमबार प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त भएका थिए ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराल, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनालगायत उपस्थित थिए । यसरी नियुक्त प्रदेश प्रमुखलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराउने संवैधानिक व्यवस्थाअनुसार मंगलबार शपथ गराइएको हो ।

फेसबुक प्रतिक्रियाहरु