२०८१ पुस ८, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । कक्षा १२ को परीक्षाफल आजसाँझसम्म सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । गत बैशाखमा लिएको परीक्षाको नजिता प्रकाशित गर्न आज दिउँसो ४ बजे बोर्ड बैठक बोलाइएको छ ।

नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआए बोर्डको बैठक बसेर आजै नतिजा प्रकाशन गर्ने सम्भावना रहेको सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । उनले भने, ‘लगभग धेरैजसो तयारी पूरा भएको छ, काम गर्दागर्दै कुनै प्राविधिक बाधा अवरोध नभए नतिजा सार्वजनिक गछौं।’

परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागीथिए । साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षाकेन्द्रमा भएको थियो।

मनाङबाट सबैभन्दा थोरै एक सय १० र काठमाडौंबाट एक लाख ३४ हजार एक सय १५ जना विद्यार्थीले परीक्षा दिएका थिए । गतवर्षदेखि सबै संकाय र विषयकोनतिजा एकैदिन गर्ने गरिएको छ। त्यसअघि विज्ञान संकाय र अन्यको छुट्टाछुट्टै दिनमा नतिजा प्रकाशन हुन्थ्यो।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।