२०८१ पुस ८, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । विश्व ट्वान्टी–२० को एसिया छनोटमा नेपालले पहिलो खेलमा हार व्यहोरेको छ । मंगलबार विहान भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको नेपाल सस्तोमै समेटिएपछि कतारले सहज जित हात पारेको हो ।

नेपालका लागि ओपनिङ गरेका पारस खड्का र ज्ञानेन्द्र मल्लले राम्रो सुरुवात गरेपनि विकेटमा धेरै बेर टिक्न नसेपछि नेपालको ब्याटिङ लाइनअप कतार सामु निरिह सावित भएको हो। दीपेन्द्र ऐरीले नेपाली पारीलाई केही सम्हाल्न खोजेका थिए। तर उनी पनि ३५ बलमा ३४ रन जोडेर पेभिलियन फर्किएपछि नेपालले जम्मा १२२ रन मात्रै जोड्न सकेको थियो।

१२३ रनको लक्ष्य पछ्याउँदै मैदानमा आएका कतारको ओपनिङ पनि खासै जम्न भने सकेको थिएन। १३ रनमै पहिलो विकेटको झट्का लागेको कतारका लागि ओपनर इनाम उल हकले ३२ बलको सामना गरेर बनाएको महत्वपूर्ण ४१ रन वरदान सावित भयो।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिन सफल भएका थिए। अन्तिम ओभरसम्म लम्बिएको खेलमा नेपालले केही आशा गरेपनि त्यसलाई कतारका मध्यक्रमका ब्याट्स्म्यानले निस्तेज पारिदिए।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।