धनगढी । कैलालीको धनगढीस्थित सहिदगेट नजिकै निलम होटलमा भएको वम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव समू्हले लिएको छ । बिहिबार साँझ भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए।
शुक्रबार दिउँसो विप्लव समूहले एक विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएको हो। सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट जारी विज्ञप्तिमा भनिएको छ ‘यो घटना हुनुको पछाडी दलालपुँजीवादी संसदीय व्यवस्था भएकाले केपी शर्मा ओली नेतृत्वको सरकारले लिनुपर्छ।’ घाइतेहरुको उपचारको सबै खर्च उक्त समूहले नै व्यहोर्ने जारी विज्ञप्तिमा भनिएको छ।
विस्फोटमा घाइते भएका होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका रामसिं, जिन्तेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरलाको मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।






