२०८१ पुस ८, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

कञ्चनपुर । भीमदत्तनगरमा सोमबार सम्पन्न हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका धावक सन्तोष विक्रम विष्टले जितेका छन ।

‘दौड सुदूरपश्चिम दौड’ मूल नाराका साथ सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा भएको खुला राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि जितेसँगै सशस्त्र प्रहरी बलका विष्टले एक लाख नगद पुरस्कार प्राप्त गरे ।

शुक्लाफाँटा नगरपालिकाको झलारी बजारबाट शुरु भएको दौडका उपाधि विजेता विष्टले एक घण्टा १५ मिनेट ३३ सेकेण्डमा दूरी पार गरेका थिए । यसअघि भीमदत्तनगरपालिकाको आयोजनामा भएको जैविकमार्ग हाफ म्याराथन प्रतियोगितामा पनि विष्टले उपाधि जितेका थिए ।

त्यसैगरी महिलातर्फ कञ्चनपुरको भीमदत्तनगरपालिकाको गड्डाचौकीका रेखा चन्दले उपाधि जितेकी छन् । हाफ म्याराथनको दूरी रेखाले एक घण्टा ४० मिनेटमा पार गरेकी थिइन् । उपाधि उचालेसँगै रेखा पनि एक लाख नगदबाट पुरस्कृत भइन् ।

त्यस्तै पुरुष हाफ म्याराथनमा नेपाली सेनाका सुमन महादेन उपविजेता भए । उपविजेता भएसँगै सेनाका सुमनले ६० हजार नगद प्राप्त गरे । स्थानीय लक्ष्मण भण्डारी तेस्रो भए । उनी ४० हजारसहित पुरस्कृत भए भने प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका सन्तोष बोहरा चौथो भएसँगै २० हजारसहित प्रमाणपत्रबाट पुरस्कृत भए ।
महिलातर्फ भीमदत्तनगरपालिकाको बागफाँटाका लक्ष्मी बम उपविजेता बनिन् । उनी ६० हजारसहित पुरस्कृत भइन् ।
त्यसैगरी नेपाली सेनाका कविता जनाल र सेनाकै अमृतिनाथ तेस्रो र चौथो भए । तेस्रो हुने खेलाडीलाई ४० हजार र चौथोलाई २० हजार प्रदान गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।