२०८१ पुस ८, सोमवार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । मलेशिया भ्रमणमा रहेको नेपालले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोलीमाथि सात विकेटको जित हासिल गरेको छ।
दुई खेलको शृङ्खलामा १–० को अग्रता दिलाउने क्रम कप्तान पारस खड्काले सानदार ब्याटिङ गरे। खड्काले ८६ रन बनाएपछि नेपालले मलेशियाले दिएको १२९ रनको लक्ष्य १८.३ ओभरमै पूरा गरेको थियो।
खड्काको यो १६ वटा टी–२० अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक र सबैभन्दा उच्च व्यक्तिगत स्कोर हो।
जुलाई २२ देखि सिङ्गापुरमा हुने टी २० विश्वकप एशिया छनौटको फाइनल प्रतियोगिताको अभ्यासका लागि नेपाल मलेशियामा छ।

पारसको शानदार ब्याटिङ
प्रारम्भिक ब्याट्सम्यानका रूपमा किनरारा ओभल मैदान छिरेका खड्काले नेपालको जितको महत्वपूर्ण भूमिका खेले। मलेशियाले नियमित विकेट लिए पनि खड्का टिकेर आक्रामक खेले। छक्काका मद्दतले ३२ बलमा पचास रन पुरा गर्ने क्रममा उनले पाँच चौका र तीन छक्का प्रहार गरेका थिए।
उनले कुल ५० बल खेल्दै ८६ रन बनाए जसका लागि उनले आठ चौका र पाँच छक्का प्रहार गरे। छक्का प्रहार गरेर नेपाललाई विजयी बनाएका शरद भेषवाकरले नटआउट १६ रन बनाए।
अन्य खेलाडीहरू प्रदिपसिंह ऐरी (८), ज्ञानेन्द्र मल्ल (७) र रोहित पौडेल (५) ले लामो इनिङ खेल्न सकेनन्।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।