२०८२ फाल्गुन २३, शनिबार
  • Pramesh Tamu ३ घण्टा अगाडि

कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीका बृजेश कुमार गुप्ता ८ हजार ३४ मतसहित अग्रस्थानमा रहँदा रास्वपाका विक्रम थापा ५ हजार ६२ मतसहित दोस्रो स्थानमा छन् ।

काभ्रे–१ नेपाली कम्युनिस्ट पार्टीका दिननाथ गौतम ६ हजार ६८२ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका गुणराज मुक्तान दोस्रो नेकपा एमालेका अमि तामाङ तेस्रो स्थान र रास्वपाका मधुकुमार चौलागाई २ हजार ३९९ मतसहित चौथो स्थानमा छन् ।

सिन्धुली–२ मा नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ दाहाल ६ हजार ३९१ मतसहित अग्रस्थानमा रहँदा रास्वपाका आशिष गजुरेल ४ हजार ७९७ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै सल्यानमा नेपाली कम्युनिस्ट पार्टीका रमेश कुमार मल्ल ६ हजार ५८ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसका केशबहादुर विष्ट २ हजार ३९१ मतसहित दोस्रो र रास्वपाका ललितकुमार चन्द २ हजार २११ मतसहित तेस्रो स्थानमा छन् ।

यस्तै रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन ४ हजार ४८६ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका सुदन कुमार वली ३ हजार १३० मतसहित दोस्रो, नेकपा एमालेका गोकुल प्रसाद घर्ती २ हजार ६१९ मतसहित तेस्रो र रास्वपाका बालराम थापा दुई हजार ३२९ मतसहित चौथो स्थानमा छन् ।

अछाम–१ मा नेपाली कम्युनिस्ट पार्टीका भीम बहादुर रावलले ३ हजार ५९४ मतसहित अग्रता लिँदा नेकपा एमालेका दिपकबहादुर साउद ३ हजार ३१४ मतसहित दोस्रो, नेपाली कांग्रेसका भरतकुमार स्वार ३ हजार २०६ तेस्रो र रास्वपाका ओमप्रकाश रावल ४५५ मतका साथ चौथो स्थानमा छन् ।

यस्तै रामेछापमा रास्वपाका कृष्णहरि बुढाथोकी ७२३ मतसहित चौथो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टीका श्यामकुमार श्रेष्ठ एक हजार ४१७ मतसहित पहिलो स्थानमा छन् । यहाँ उज्यालो नेपाल पार्टी दोस्रो र नेपाली कांग्रेस तेस्रो स्थानमा छन् ।

हुम्लामा रास्वपाकी उम्मेदवार टासी ल्हान्जोम ७ मतका साथ पाँचौँ स्थानमा छिन् । यहाँ नेपाली कम्युनिस्ट पार्टीका दीपेन्द्र रोकाया ८६३ मतसहित अग्रस्थानमा छन् भने नेकपा एमाले दोस्रो, नेपाली कांग्रेस तेस्रो, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) चौथो स्थानमा छन् ।

डोल्पामा रास्वपाका उम्मेदवार देवसिंह ऐडी ५९ मतका साथ तेस्रो स्थानमा छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर बुढा ५१७ मतसहित पहिलो नम्बरमा हुँदा नेपाली कांग्रेसका कर्णबहादुर बुढा १०९ मतसहित दोस्रो स्थानमा छन् ।

फेसबुक प्रतिक्रियाहरु