२०८२ फाल्गुन २२, शुक्रबार
  • Pramesh Tamu ७ घण्टा अगाडि

सुर्खेत: सबैको चासोका रूपमा रहेका कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्रबहादुर शाही आफ्ना प्रतिस्पर्धीहरू भन्दा १४ सय बढी मतान्तरले अघि छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, हालसम्म पलाँता, पचालझरना, नरहरिनाथ गाउँपालिका र तिलागुफाको  मतगणना सम्पन्न भएको छ ।

जसमा पूर्वमुख्यमन्त्री समेत रहेका शाहीले ५ हजार ७०१ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका नगीन्द्र शाहीले नेपाली कांग्रेसका हर्षबहादुर बमलाई उछिनेका छन् ।

शाहीले ४ हजार २५७ मत ल्याउँदा कांग्रेसका बमले ४ हजार ७७ मत प्राप्त गरेका छन् । विप्लव माओवादीका खड्गबहादुर विश्वकर्मा भने अझै पनि चौथो नम्बरमै सीमित छन् । 

उनले २ हजार ४७४ मत मात्रै प्राप्त गरेका छन् । उनलाई महेन्द्रसँगको प्रतिस्पर्धीका रूपमा चर्चा गरिए पनि प्रतिस्पर्धामा आउन सकेका छैनन् । त्यस्तै रास्वपाका प्रकाश न्यौपानेले १ हजार ४० मत पाएका छन्

फेसबुक प्रतिक्रियाहरु