२०८२ माघ २९, बिहिबार
  • Pramesh Tamu १ महिना अगाडि

दाङ: एकिकृत समाजबादीबाट बिद्रोह गरि  नेकपा एमाले फर्केकी राम कुमारी झाक्रीलाइ  अन्तव राष्ट्रिय सभाको चिट्टा परेको छ।

चिट्टा परेसंगै  झाँक्री उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय दाङ जाँदै छिन् । कांग्रेस–एमालेबिच भएको सिट बाँडफाँडा सहमतिअनुसार लुम्बिनी प्रदेशमा महिला कोटामा एमालेबाट रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाउने सहमति भएपछि उनी बुधबार उम्मेदवारी दर्ताका लागि निस्किएकी हुन् ।

झाँक्रीका सहयोगी शिव सुवेदीका अनुसार उनीहरू उम्मेदवारी दर्ता गर्न दाङ जाने क्रममा छन् ।

गुल्मी निवासी झाँक्री यसअघि प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं. २ बाट उम्मेदवार बनेकी थिइन् । लुम्बिनी प्रदेशमा तीन सिटका लागि निर्वाचन हुँदैछ । ती सिटमध्ये महिला, खुला र अपाङ्ग कोटा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु