२०८२ माघ २९, बिहिबार
  • Pramesh Tamu ३ महिना अगाडि

काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र जसपा राजेन्द्र श्रेष्ठ नेतृत्वको समूहबिच मङ्सिर ११ गते एकताको औपचारिक घोषणा हुने भएको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा नेकपा र साे समूहबिच एकता घाेषणा हुने भएकाे हाे ।

एकताको घोषणासभा यसअघि तय भएकोमा पूर्वनिर्धारित कार्यक्रम एक दिन पर सारिएको जसपाका नेता दुर्गा सुवेदीले जानकारी दिए ।  यसअघि एकता घोषणासभा मङ्सिर १० गतेका लागि तोकिएको थियो ।

देशभरका नेता एवं अगुवा कार्यकर्ताले आफूहरू पनि घोषणासभामा सहभागी हुन पाउनुपर्ने माग गरेपछि कार्यक्रम एकदिन पछि सारिएको सुवेदीले बताए ।

सुवेदीका अनुसार घोषणासभा राष्ट्रियसभा गृहमा दिनको १ बजे सुरु हुनेछ । एकता सभाकाे तयारीका लागि मङ्सिर १० गते सोह्रखुट्टेस्थित नेपाः राष्ट्रिय बैंकेटमा भेला आयोजना गरिएको छ।

एकता समारोहमा नेपाली कम्युनिष्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएकाे छ । आइतबार अशोक राई नेतृत्वको जसपाबाट श्रेष्ठलगायत ६ नेताहरू नेपाली कम्युनिष्ट पार्टीतिर लागेका थिए ।

फेसबुक प्रतिक्रियाहरु