२०८२ बैशाख १३, शनिबार
  • Pramesh Tamu ४ मंसिर २०८१, मंगलवार

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाइ प्रहरीले  पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

साइबर प्रहरीका अनुसार  प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको हो । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ । प्रसाइले केपी ओलीको कम्बोडियाको टेलिकममा केपी ओलीको लागनी रहेको भन्दै केहि समय अगाडी केहि कागजात सार्बजानिक गरेको थियो।

सीआईबी प्रमुख एआईजी दीपक थापाको अनुसार  प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको बताए । उनले भने, ‘प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । किर्तेमा पनि अनुसन्धान हुनसक्छ । किर्ते र संगठित अपराधमा पनि तानिन सक्छन् ।’

फेसबुक प्रतिक्रियाहरु