२०८१ अशोज ३०, बुधबार
  • Pramesh Tamu ४ महिना अगाडि

टोकियो: जापानमा रहेका गुरुङ (तमु) हरु विच पारिवारीक भेटघाट लक्ष्य सहित तमुधीं जापानले आईतबार (जुन ३० तारिक)  बनभोज (BBQ) कार्यक्रम सम्पन्न गरेको छ ।

टोकियोको सिनगावा कु स्थित सेन्टर सिसाईड पार्कमा सम्पन्न भएको उक्त बनभोज (BBQ) कार्यक्रममा करिब ६ सय जना सहभागि भएको कार्यक्रम संयोजक यम तमुले जानकारी दिनु भयो ।

जापानमा गुरुङ समुदायको बढ्दो जनसख्या विच चिनजान एवं प्रदेशमा रहेका गुरुङहरुलाई सहयोग पुर्याउन तमुधींले बनभोज कार्यक्रम आयोजना गरेको अध्यक्ष हिमाली गुरुङले बताउनु भयो । बनभोज कार्यक्रममा जापान क्रियासिल जनजाति सस्थाका अध्यक्षहरु तमुधीं जापानका मानर्थ सदस्यहरु रोबिन शेरचन, ददिवल खडका, शिव प्रसाद पौडेल, माईकल गौचन, शिवहरी पौडेल, बिनोद शेरचन, केशव अधिकारी लगायतका उपस्थिती रहेको थियो ।

त्यसैगरि तमुधी जापानका संरक्षकहरु, सल्लाहकारहरु लगायत तमुधीं गुन्मा, तोचोगि, ईबाराकी क्षेत्रिय समितिका अध्यक्ष, महासचिव एवं जापानमा क्षेत्र विशेसका धाद्रुक समाज, दुघपोखरी समाज, पन्चासे समाजका अध्यक्ष एव पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

तमुधींले जनाए अनुसार बनभोज (BBQ) मा मामा घर कावसाकी परिवार, बिष्ट तमु , प्रकाश तमु , पदम तमु, रमेस कुमार तमु, श्री भक्त तमु, अमृत तमु, मनोज घले तमु ,४ वटा छाता (पाल)को लागि सल्लहाकार मनोज घले, बिष्णु माया तमु, कावसाकि बुल्स, मिथुन तमु, बुद्ध तमु,सिता तमु प्रायोजन गरेकाहरुलाई तमुधीं जापानले धन्यबाद ज्ञापान गरेको छ ।

बनभोज कार्यक्रममा बच्चाहरु विच खरबुजा फुटाउने प्रतियोगितामा तोचोगी गुम्मा ईबाराकिका उज्वल गुरुङ
छेलो प्रतियोगितामा प्रथम जगनराज तमु दोस्रो बिनोद तमु तेस्रो हुनु भएका श्रीं भक्त तमु हुन सफल भएका छन । छेलो प्रतियोगितामा पुरस्कार ईश्वार तमु ले गर्नु भएको थियो । कार्यक्रममा तमुधीं सास्सकृतीक उपसमिति तथा गुन्मा, तोचोगी ईबाराकीबाट सहभागि  कलाकारहरुले गुरुङ सस्कृतीका गित र नृत्यहरु प्रस्तुती गरेका थिए ।

पत्रकार मोहन घलेको सहयोगमा ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना
३७ वर्षकी पेतोङत्रान सिनावात्रा बनिन थाइल्याण्डको नयाँ प्रधानमन्त्री ।