२०८१ अशोज ३०, बुधबार
  • Pramesh Tamu ४ महिना अगाडि

काठमाडौँ ।बजेटप्रति असन्तुष्टि पोख्दै आएको र आफ्ना नेताहरुलाई खुलेर बजेटप्रति आफ्नो टिप्पणी राख्न बताउदै आएका  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  अन्तत्वगत्वा बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

यसअघि बजेट आएलगत्तै संसदीय दलको बैठकमा बजेट नेकपा (माओवादी केन्द्र) केन्द्रित भएर आएको प्रतिक्रिया दिएका ओलीले बजेट पास भएको दिनमा भने राम्रो बजेट आएकाले बहुमतले पास भएको प्रतिक्रिया दिए । उनले भने, ‘राम्रो छ र बहुमतले पास गर्‍यो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयगत बजेट विनियोजनमा असन्तुष्टि जनाउनु भयो नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले आफूलाई असन्तुष्टि जनाएको जानकारी नरहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना
३७ वर्षकी पेतोङत्रान सिनावात्रा बनिन थाइल्याण्डको नयाँ प्रधानमन्त्री ।