२०८१ माघ ९, बुधबार
  • Shyam chhetri १ वर्ष अगाडि

काठमाडौं । काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बालाचतुर्दशी पर्वको तयारी सुरु भएको छ ।

मन्दिर परिसर र आसपासका क्षेत्रमा बिहीबारदेखि एक सातासम्म माछा–मासु, मदिरा तथा नशालु पदार्थको उत्पादन, बिक्री, ओसारपसार, भण्डारण तथा सेवनमा निषेध गरिएको छ ।

गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो निषेध लागु हुने जनाइएको छ ।

आउँदो मंसिर २५ गते सामेबार परेको बालाचर्तुदशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा मंसिर २७ गतेसम्म यो नियम लागु हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । कसैले नियम विपरित हुने गरी कार्य गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले चेतावनी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु