२०८१ जेष्ठ १, मङ्लबार
  • Pramesh Tamu ७ महिना अगाडि

नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै  नेतृत्वमा सरकार गठन गर्न पहल थाल्ने निर्णय  गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा कोशी सरकारबारे छलफल भएको थियो। ‘अहिलेको गठबन्धनलाई कायम राख्दै थप दलहरूको समर्थन खोज्न पहल गर्नुपर्छ,’ देउवाले भने।

कोशीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सामेल गराउन जमर्कोमा कांग्रेस छ। यसका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि भेटेर कुरा गर्ने तयारी छ। राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कोशीमा पार्टीले के गर्ने निर्णय लिने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको थियो।

सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर कोशीमा फेरि कांग्रेस नेतृत्वमै सरकार बनाउनुपर्ने विषयमा कुराकानी गर्ने तयारी गरेका छन्।

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले असोज २६ गते शुक्रबार अपराह्न ५ बजेभित्र सरकार गठनका लागि समय दिएका छन्।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन गर्न प्रदेश प्रमुखले समय दिएका हुन्।

फेसबुक प्रतिक्रियाहरु