नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कांग्रेसको नेतृत्वको सरकारको लागि बाटो खालि गरिदिन आग्रह गरेका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको देश अफ्ठ्यारो स्थितिबिाट अघि बढीरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह गरेका हुन् । उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई कांग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी गरे ।
प्रधानमन्त्रिबाट बारम्बार गैर जिम्मेवार अबिब्यक्ति आइरहेको उल्लेख गर्दै कोइरालाले कटाक्ष गरे । पूर्वमा भइरहेको पहिचानको आन्दोलनलाई जातिय राज्यको संज्ञा दिदै कोइरालाले जातिय राज्य प्रधानमन्त्रिको गोजीबाट झिकेर दिने हो भन्दै प्रस्न गरे ।