२०८१ पुस ७, आइतवार
  • Pramesh Tamu १ वर्ष अगाडि

काठमाण्डौ:  एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्। शुक्रबार भएको चुनावमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका उम्मेदवार ढुंगेल अध्यक्ष विजयी भएका हुन्।

ढुंगेलले ६९६ मत पाएका भने अध्यक्षका अर्का प्रत्याशी कृष्ण दाहालले ४३९ मत पाए। त्यस्तै उपाध्यक्षमा दावा दाेर्जे लामा ६१५ मतसहित विजयी भएका छन्। दोर्जे ढुंगेल समूहका हुन्।

सचिवमा नवराज सिलवालले ५६८ मत पाएर विजयी भएका छन्। सचिवका अर्का प्रत्याशी हस्त पण्डितले ५६७ मत पाए। नवराज सिलवाल कृष्ण दाहाल समूहका हुन्।

त्यस्तै उपसचिव (महिला) मा भक्तकुमारी लामा ५९९ मतसहित विजयी भएकी छन्। लामा दाहाल समूहकी हुन्। उपसचिव (पुरूष) मा प्रेम महर्जन ३६७ मतसहित विजयी भएका छन्। महर्जन ढुंगेल समूहका हुन्।

नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा एक हजार १३५ मत खसेको थियो। कुल मतदाता एक हजार १६८ जनामध्ये ३३ जना अनुपस्थित भएका थिए।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।