hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobetsüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin girişbetpark
२०८३ जेष्ठ १२, मङ्लबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

जापानले फुकुसिमा  दाइची आणविक उर्जा केन्द्रबाट प्रसोधन गरिएको पानि समुन्द्रमा छाडेसंगै राष्ट्रिय तथा  अन्तराष्ट्रिय स्तरमा बिरोध भएका छन् । चीनले जापानबाट आयातित सी-फुडमा प्रतिबन्द लगाइ सकेको छ ।

चिनियाँ सरकारले फुकुसिमा प्लान्टको प्रशोधित पानी दुर्घटनाका कारण पग्लिएको आणविक इन्धनलाई चिसो बनाउन प्रयोग भएको बताएको छ । पानीसम्बन्धी तथ्याङ्कको प्रामाणिकता र शुद्धता प्रमाणित नभएको र खाद्य सुरक्षा र जनताको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने प्रष्ट नभएको उनले बताएका छन् । बिहीबार फुकुसिमा प्लान्टबाट पानी छोड्न थालेको केही समयपछि चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको हो।

विज्ञप्तिमा भनिएको छ कि चिनियाँ सरकारले यस डिस्चार्जको दृढतापूर्वक विरोध र कडा निन्दा गर्दछ र “खाद्य सुरक्षा र हाम्रा जनताको स्वास्थ्यको रक्षा गर्न आवश्यक सबै उपायहरू लिनेछ।” 

जापानी प्रधानमन्त्री किशिदा फुमियोले आफ्नो सरकारले कूटनीतिक माध्यमबाट चीनलाई जापानी समुद्री खानामा लगाइएको प्रतिबन्ध तत्काल हटाउन आग्रह गरिरहेको बताएका छन्। यसैगरी  स्थानीय माछा मार्ने र पर्यटन उद्योगका मानिसहरूले यस क्षेत्रमा पर्ने असरलाई लिएर चिन्तित जनाएका छन भने बिरोधका स्वरहरु पनि सुनिएका छन् । भने जापान सरकारले फुकुसिमा क्षेत्रमा समुद्री जन्य खानाहरुमा परिक्षण तिब्र बनाइने बताएका छन ।

 

फेसबुक प्रतिक्रियाहरु