२०८१ फाल्गुन ११, आइतवार
  • Pramesh Tamu २ वर्ष अगाडि

टोकियो:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापान शाखाको चौथो अधिवेशन सेप्टेम्बर ३ सिन्जुकु स्थित नेवा डाइनिङ्ग को सभा हलमा हुने भएको छ ।

 चौथो अधिबेशन तथा  स्थापना दिबसको  गरिमामय ७ बर्ष पूरा गरी ८ औँ बर्ष प्रवेश गरेको अवसरमा साखाले  “फोनिज आवाज” स्मारिकाको विमोचन कार्यक्रम समेत  एकै साथ गर्ने जनाएको  छ ।

समारिकामा  नेपाल जापान तथा अन्य देशमा रहेका बौद्धिक ब्यक्तित्वहरुको लेख, रचना, बिचार तथा शुभकामना सहित  जातिय संस्थाहरुको संस्थागत प्रोफाइलहरु, विभिन्न जनजाति कलाकाहरुको प्रोफाइलहरु समेटिएको जनाएको छ ।

जनजाति कलाकारहरूलाई नेपाली कला, साहित्य र गीत संगीतको क्षेत्रमा लाग्न हौसला मिलोस् भन्ने उद्देश्यले रहेको सस्थाले जनाएको छ । साथै  प्रकाशित हुने  स्मारिका विमोचन कार्यक्रममा उपस्थित भइ  अभिभावकत्व ग्रहण गरिदिन हुन समेत फ़ोनिजले आग्रह गरेको छ ।

यसैबीज जापानमा रहेका आदिवासी जनजाति पत्रकारहरुलाइ फोनिजमा आबद्द गराउने उद्देश्यका साथ सदस्यता आह्वान समेत  गरेको छ ।आवस्यक मापदण्ड पुरा गरेका जनजाति पत्रकारहरुलाइ सस्थामा समेट्ने अदेस्यका साथ आबस्यक डकुमेन्ट सहित सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु